कुरुम्बाङ कसरी पाङमा भए?

कुरूम्बाङ बंशावली अनुसार सेनसेनगुम फेदापहाङको सन्तानहरु धेरै थरी भएर बाडिएकाछ्न, जसमध्ये कुरुम्बाङ पनि एक थरी हुन। सोही कुरुम्बाङ थरी लिम्बु को २८औ पुस्ताको हाङनुरूको कान्छो छोरा हाङजाजित हुन ।उनी तेह्रथुम सिम्लेबासी हुन।उनको बिबाह संखुवासभा जिल्लाको मैदाने (तत्कालिन मैवाखोला थुम) को वनेम बंशको छोरी सँग भएक‍ो थियो।उनको कोखबाट जेठो बोलिनन्द र कान्छो हंसपतिको जन्म भयो। बाबू हाङजाजितको निधन पछि आमा संखुवासभाको साबिक पांमा गाउँ हालको खादबारी नगरपालिकाको लोहरूङ राई सँग दोस्रो बिबाह भयो। बिबाह पछि नाबलक छोराहरु जेठो बोलिन्द र कान्छो हंसपति झर्केलो छोराको रूप साबिक पांमा गा.बि.स. हाल खादबारी नगरपालिकामा अामा सगै हुर्के।आमाको सल्लाह बमोजि आफ्नो बंश खोजी गर्न मावल आए। मावलिहरुले संखुवासभा जिल्ला चैनपुर नगरपालिका बडा नं :-२ साबिक सिद्धकाली गा.बि.स. कोक्सामा ढाँड फाड गरि बसोबास गराए। कोक्सामा जेठा बोलिनन्द कुरुम्बाङ केही समय बसि कान्छा भाइलाई त्यही छोडि चित्लाङ मैयुम हुँदै साघु आएको र मामा मावलीहरुको सल्लाह बमोजिम साबिक साँघु-६ मा बसोबास सुरु गरे।पांमाली कुरुम्बाङ भान्जा बसोबास भएकोले  हाल बसोबास भएको ठाउँ पांमा गाउँ भएको भन्ने भनाईहरु छन् । पछि३५अौ पुस्ता(नागिकता ऐन २०२० लागू )बाट केहिले पांमा थर कायम गरेको पाईन्छ। धेरैजसो पुरानो लिखतहरुमा लिम्बू लेखिएको  धेरै पाइन्छ।              
लगभग सत्रौं शदाब्दीतिर एक कुरुम्बाङ पुर्खाले संखुवासभा जिल्ला चैनपुरतिरको एक महिलासँग विवाह गरेका थिए । यी व्यक्तिको नाम हाङजाजित कुरुम्बाङ थियो । उहाँको दुई सन्तान बलिनन्द र हँसपति छोराहरूको सानै उमेर हुँदै  हाङजाजितको देहन्त भयो । हाङजाजितको देहान्त पछि श्रीमतीले छोराहरूलाई लिएर माइती जाने इच्छा गरिन । हाङजाजितको दाजुभाइहरूले पनि छोराहरू सानै उमेर भएको हुनाले आमासँगै पठाउने निर्णय गरे । लिम्बू भाषामा पठाउनुलाई “पाङमा” भनिन्छ र त्यहीँबाट हाङजाजित कुरुम्बाङको सन्तानहरूलाई “पाङमा” थरको रूपमा प्रचलन हुँदै गएको देखिन्छ ।
ती आमा र छोराहरू माइती–मावली गएपछि छोराहरू सानै उमेरहुँदै आमाको पनि देहान्त भयो । त्यसपछि बलिनन्द र हँसपति मामालीकै साहाराले हुर्किए । सानै उमेरमा टुहुरा भएकोले उनीहरूलाई आफ्नो पुर्खाहरूको थाकथलो केही थाहा भएन । उनीहरू जवान भएपछि कोक्सा, सिद्धपोखरी गा.वि.स. वार्ड नं. ६, चैनपुर, सङखुवासभा जिल्ला, लिम्बुवानमा फाँडफुँड गरी घर बनाएर बसे । त्यसपछि बलिनन्द सिद्धकालीको चित्लाङ भन्ने ठाउँमा केही वर्षसम्म बसे, त्यहीँबाट भाइलाई बेलाबेला सहयोग गर्ने गर्दथे, र पछि गएर मामालीहरूसँगै फेरि बसाइँ सरे ।
बलिनन्द र हँसपतिका मामालीहरू पनि हात्तीखावा, ढुंगेसाँघु, सिन्धोलुङ मैवापुम्मा (मैवाखोला), ताप्लेजुङमा बसाइँ सरेर उतै बसोबास गर्न थाले । बलिनन्द पनि चित्लाङबाट मामालीहरू नजिक (सिन्धोलुङ मैवापुम्मा, मैवाखोलामा) गएर पाङमाडाँडामा बसोबास गर्न थाले । कान्छो हँसपति भने कोक्सा सिद्धपोखरी गा. वि. स. वार्ड नं. ६, चैनपुरमै बसोबास गरे । बलिनन्द र हँसपति कोक्साको हर्ताकर्ता व्यक्तिहरू भएको हुनाले बलिनन्द ढुंगेसाँघु, सिन्धोलुङ मैवापुम्माबाट धेरैपछिसम्म पनि कोक्सामा तिरो उठाउन गएको प्रमाणहरू अझै पाइन्छ । मावली (चैनपुर) गएर बसेका हँसपति र मावलीहरूसँग सिन्धोलुङ मैवापुम्मा, मैवाखोला बसाइँ सरेका बलिनन्द दुवै जना कुरुम्बाङहरूको अंश सिम्ले गा. वि. स. फेदाप, तेह्रथुम जिल्ला, लिम्बुवानमा पछिसम्म थियो । वि.सं. २०३४ सालको नापी पछि मात्र त्यहाँका हर्ताकर्ताहरूले बलिनन्द र हँसपतिको अंश आफ्नो नाममा दर्ता गरे । त्यसैले “पाङमा” कुरुम्बाङनै हुनु पर्दछ।”  
अन्तत:  प्रकासन समितिको आधारले हाम्रो थर पांमा भएको जनाउने भए पनि पुरानो लिखतहरु मा काहीँ पनि पांमा थर नलेखिएकोले हामी पांमा थर भएको फाल्टै पांमा  थरी लिम्बु भन्ने आधार  देखिदैन।हामी संखूवासभा र ताप्लेजुङमा बसोबास गरिरहेका कुरुम्बाङ दाजु भाईहरुको बाबू हाङजाजित भएको ,मावल संखुवासभाको मैदाने वनेम भएको,हाङ्जाजित चाडै निधन भएको र नाबालक  बोलिनन्द र हंसपति मावल संखुवासभामा नै हुर्किएको ,बोलिनन्दको छोराहरुले संखुवासभाबाट तिरो उठाएको कागज पत्रहरुमा करुम्बाङ बंशावली प्रकाशन समिति  र पांमा भनेर बस्ने हामी ताप्लेजुङग र संखुवासभाबासीको भनाई,लेखाई र बुझाईमा एकरुपता भएको  देखिन्छ र कुन‌‌ै पनि कागजातहरलेखिएको भेटिदैन । त्यस्तै शिन्धोलुङ फागो वनेम वंशावलीको ६० पेजमा मैवाख‍ोला साँधुमा बसोबास गरिरहेका पांमा(कुरुम्बाङ)को माङ्गेना यक पोक्लाबङ तेह्रथुम भनेर किटान गरेको छ लिम्बू बिषयक छलफलमा पनि हाल मैवाख‍ोला गाउँपालिको साघँमा बसोबास गरिरहेका कुरुमबाङ लिम्बुहरू कुरूमबाङ लिम्बू थरि नै हो भनी जोड दिएको पाइन्छ भिडियो । हामी परिवार  भित्र  आ-आफ्नै  बंश समबन्धी बिचार ,धारणा राख्दैजाँदा शिन्धोलुङ फाग‍ो वनेमको केन्द्रीय कमिटिको पुर्ण बैठकले प्रेस बिज्ञप्ती जारि गर्दै  आफ्नो धारणामा पांमा थर कायम गरि वनेम वंशसँग जोडेको भन्दै फागो पांमा बंशावली प्रति आपति प्रकट गर्यो । फागो चोङबाङहरुले पनि  हामी मैवाखोलामा बसोबास  गरिआएको पांमाको माङ्गेना यक पिरिङ्गे होईन भनी फागो चोङ्बाङ उत्थान तथा संरक्षण मञ्चको केन्द्रीयकमिटिले प्रेस बिज्ञप्ती जारी गर्यो ।यी यावत उपलब्द लिम्बहरु बिचको छलफल, भनाई तथा तथ्य प्रमाणहरुबाट हामी साँघुमा बसोबास गरिआईरहेका लिम्बुहरु कुरुम्बाङ थरी लिम्बू हो भन्ने  आधार  भएको देखिन्छ ।

सेयर गर्नुहोस